पाँच दिनका लागि आक्रमण स्थगित: ट्रम्प र इरानबीच संवाद

 पाँच दिनका लागि आक्रमण स्थगित: ट्रम्प र इरानबीच संवाद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत दुई दिनमा अमेरिका र इरानबीच भएको वार्ता फलदायी बनेको र इरानविरुद्ध हुने अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय गरेको बताएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘मध्यपूर्वमा हाम्रा शत्रुताहरूको पूर्ण र समग्र समाधानको सम्बन्धमा धेरै राम्रो र फलदायी कुराकानी’ भएको उल्लेख गरेका छन् ।

ट्रम्पका अनुसार इरानको ऊर्जा पूर्वाधारमा हुने सबै अमेरिकी आक्रमणहरू पाँच दिनका लागि रोक्ने निर्णय भएको छ ।

यसअघि, इरानको राष्ट्रिय रक्षा परिषद्ले इरानी तट वा टापुहरूमा आक्रमण गर्ने कुनै पनि प्रयासले ‘फारसको खाडीका सबै सञ्चार लाइनहरूमा माइन ९विस्फोटक पदार्थ० बिछ्याइनेछ’ भनेको थियो ।

 

इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसीमा आज सकिँदैछ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *