सुनको मूल्यमा गिरावट, चाँदीको भाउ भने प्रतितोला ८० रुपैयाँले बढ्यो
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमामा किनबेच भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
