कोलम्बियामा सैन्य विमान दुर्घटना, १२८ जना सवारमध्ये ६६ को मृत्यु

 कोलम्बियामा सैन्य विमान दुर्घटना, १२८ जना सवारमध्ये ६६ को मृत्यु

काठमाडौँ ।  कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। दुर्घटनाका घाइतेको उद्धार गरी नजिकैका अस्पताल पुर्‍याइएको छ भने हराइरहेका चार जनाको खोजी भइरहेको उच्च अधिकारीले जानकारी दिएका छन्।

देशको सशस्त्र बलका प्रमुख ह्युगो अलेजान्ड्रो लोपेजका अनुसार ‘लकहिड मार्टिन’ कम्पनीले निर्माण गरेको ‘हर्कुलस सी-१३०’ नामक उक्त विमानमा १२८ जना सवार थिए। विमानमा वायुसेनाका ११ सदस्य, सेनाका ११५ कर्मचारी र दुई जना राष्ट्रिय प्रहरी अधिकारी रहेका थिए।

दुर्घटनास्थलमा बेपत्ताहरूको खोजी र शव संकलन कार्य जारी रहेको छ। त्यहाँका रक्षामन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत दिएको जानकारीअनुसार पेरुसँगको सीमा क्षेत्रमा रहेको पुएर्तो लेगुइजामोबाट उड्ने क्रममा उक्त विमान दुर्घटनामा परेको हो।

दमकल विभागका अधिकारी एडुआर्डो सान जुआन काल्लेजसले स्थानीय सञ्चारमाध्यम ‘काराकोल’ लाई बताएअनुसार उड्न लाग्दा धावनमार्गको अन्तिम बिन्दुतिर विमान ठोक्किएको र त्यसपछि भुइँमा खस्ने क्रममा एउटा पखेटा रूखमा अल्झिएको थियो। रोयटर्स

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *