सुनको भाउ आज तोलामा २९ सयले घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (चैत १२) सुन तोलामा २९ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन दुई लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलमा १०० रुपैयाँले घटेर चार हजार ८२० कायम भएको छ ।
अघिल्लो दिन चार हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।
