शंकर पोखरेलको टिप्पणी: ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको थिएन’

 शंकर पोखरेलको टिप्पणी: ‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको थिएन’

काठमाडौं । नेकपा (एमाले) का नेता शंकर पोखरेल ले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक भएसगैं आयोगप्रति  गम्भीर प्रश्न उठाएका छन्। उनले प्रतिवेदनले नै निष्पक्ष छानबिनका लागि आयोगको गठन नभएको धारणा पुष्टि गरेको टिप्पणी गरेका छन्।

पोखरेलले भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनसँग सम्बन्धित घटनाको छानबिनका लागि बनेको आयोग र आमनिर्वाचन ०८२ लाई ‘अल्गोरिदम’को प्रभावसँग जोड्दै आलोचना गरेका छन्। उनका अनुसार डिजिटल माध्यमबाट समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास भएको देखिन्छ।

उनले आयोगको प्रतिवेदन र निर्वाचन परिणामले नेपाली राजनीति नयाँ मोडमा पुगेको संकेत गरेको उल्लेख गर्दै ‘लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद’को मिश्रणबाट नयाँ शक्ति उदाएको बताएका छन्। यस्तो परिस्थितिमा आगामी राजनीतिक यात्रा चुनौतीपूर्ण हुन सक्ने र राष्ट्र तथा लोकतन्त्रले केही समय कठिनाइ झेल्नुपर्ने उनको भनाइ छ।

यसैबीच, उनले नयाँ शक्तिलाई काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्यांकन गर्न दिनु उपयुक्त हुने बताएका छन्। साथै, लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान नभएको र विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको निष्कर्ष छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *