कार्की आयोग प्रतिवेदनले कानुन व्यवसायप्रति नकारात्मक सन्देश दिएको नेपाल बारको आरोप

 कार्की आयोग प्रतिवेदनले कानुन व्यवसायप्रति नकारात्मक सन्देश दिएको नेपाल बारको आरोप

काठमाडौँ । नेपाल बार एसोसिएसन ले भदौ २३ र २४ जेनजी आन्दाेलनका क्रममा भएकाे घटना सम्बन्धमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार प्रतिवेदनप्रति असहमति जनाएको छ। बारले आायोगकाे प्रतिवेदनले न्यायालयसम्बन्धी विषयमा आफ्नो क्षेत्राधिकार नाघेर टिप्पणी गरेको भन्दै आपत्ति जनाएको हो।

बारका महासचिव केदारप्रसाद कोईराला का अनुसार प्रतिवेदनले न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक सन्देश दिने गरी उल्लेख गरेको छ। यस विषयमा थप छलफल गर्न बारले दिउँसो १ः३० बजे सल्लाहकार समितिको आकस्मिक बैठक बोलाएको जानकारी उनले दिएका छन्।

उनले आयोगले कानुन व्यवसायको राम्रो–नराम्रो पक्षभन्दा बाहिर गएर समग्र व्यवसायप्रति नै नकारात्मक धारणा फैलाउने किसिमको टिप्पणी गरेको बताए। त्यसैले सल्लाहकारसहित सामूहिक धारणा बनाउन बैठक आयोजना गरिएको उनले स्पष्ट पारे।

जाँचबुझ आयोगको प्रतिवेदनमा भने न्यायमा सर्वसाधारणको पहुँच कमजोर रहेको, वकिलको शुल्क महँगो भएको र न्याय प्रणाली सर्वसाधारणका लागि टाढिँदै गएको उल्लेख छ। यस्ता टिप्पणीले सम्पूर्ण कानुन व्यवसायप्रति दुर्भावना फैलाउने खतरा रहेको भन्दै बार एसोसिएसनले असहमति जनाउँदै गम्भीर छलफल अघि बढाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *