सुन एकैदिन ४ हजार ६०० ले घट्यो, साताभरमा १३ हजार ५०० को गिरावट

 सुन एकैदिन ४ हजार ६०० ले घट्यो, साताभरमा १३ हजार ५०० को गिरावट

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८१ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ १३ हजार ५ सय रुपैयाँ घटेको छ । गत शुक्रबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५० रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँमा झरेको छ । एक सातामा चाँदी २२५ रुपैयाँ घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *