आशालाग्दो एनआरएनए अष्ट्रेलियाको कुँवर नेतृत्वको टिम

 आशालाग्दो एनआरएनए अष्ट्रेलियाको कुँवर नेतृत्वको टिम

अष्ट्रेलिया प्रतिनिधि मुक्तिराम पोखरेल । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि सन्तोष कुँवरको नेतेत्वमा नयाँ टिम निर्वाचित भएको छ ।
विभिन्न पदका लागि सम्पन्न निर्वाचनमा अध्यक्षदेखि राज्य संयोजक, सचिव, कोषाध्यक्ष, महिला तथा युवा संयोजक, आईसीसी सदस्य लगायतका पदमा नयाँ नेतृत्व आएको छ ।
उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चुणमणि सापकोटा, कोषाध्यक्ष पदमा निजन चौलागाईं, सचिवमा कल्याण खड्का निर्वाचित भएका छन् । यसैगरी विभिन्न राज्यको संयोजक पदमा भएको निर्वाचनमा पनि नयाँ नेतृत्वले जिम्मेवारी प्राप्त गर्न सफल भएको छ ।

राज्य संयोजक : 
न्यू साउथ वेल्सको संयोजकमा उषाकिरण वारिया निर्वाचित भएकी छन् । महिला र युवा नेतृत्वका लागि उनले गरेको वकालत र योगदान अत्यन्तै प्रभावकारी रहेको भन्दै मतादाताहरुले उनलाई निर्वाचित गराएका हुन । यसैगरी न्यू साउथ वेल्सकै सचिवमा प्रताप पन्थि निर्वाचित हुँदा न्यू साउथ वेल्सकै डेपुटी युथ कोअडिर्नेटर शशांक वस्याल निर्वाचित भएका छन् ।

यसैगरी अतुल खड्का क्विन्सल्याण्ड राज्य संयोजकमा निर्विरोध निर्वाचित भएका छन् । सुजन वाग्ले टास्मानिया राज्यमा निर्विरोध निर्वाचित हुँदा थिरबहादुर गुरुङ दक्षिण अष्ट्रेलियाको नेतृत्वमा पुग्न सफल भएका छन् ।

यसैगरी त्रिलोचन सापकोटा नर्दन टेरिटोरीबाट विजयी भएका छन् भने महादेव धानुक भिक्टोरियाको संयोजक बन्न सफल भएका छन् ।

ललित मल्ल अष्ट्रेलियन क्यापिटल टेरिटोरीबाट संयोजकमा विजयी भएका छन् । यसैगरी हरिबंश सञ्जेल वेस्टर्न अष्ट्रेलियाको संयोजक निर्वाचित भएका छन् ।
यसैगरी महिला संयोजकमा रिज्नो अधिकारी, उपसंयोजकमा प्रतिभा शाह निर्विरोध निर्वाचित भएका छन् ।

युवा संयोजमा पुकार घिमिरे निर्विरोध निर्वाचित हुँदा आईसीसी सदस्य पदमा बिष्णु प्रसाद तिवारी, दिपक अधिकारी, दिपक बस्नेत, हरि कृष्ण अधिकारी, निराजन पोखरेल, राजेश केसी, सैवाल न्यौपाने,सुशिल पोखरेल निर्वाचित भएका छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *