SFVC परियोजनाअन्तर्गत PPE सामग्री तथा नमुना फर्म सामग्री वितरण

धुलिखेल, साउन २२ (असार ७, २०२५)
FRDEV द्वारा सञ्चालित SFVC (Sustainable Farming and Value Chain) परियोजना अन्तर्गत आज धुलिखेलमा आयोजित कार्यक्रममा ४० सेट व्यक्तिगत सुरक्षा सामग्री (PPE) र नमुना फर्मका लागि आवश्यक सामग्री ५ जना कृषकहरूलाई वितरण गरिएको छ।
धुलिखेल नगरपालिका मेयर अशोक कुमार ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष उपस्थितिमा धुलिखेल–१० का वडा अध्यक्ष मोहन प्रसाद लामेछाने, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद मरासिनी, स्वास्थ्य तथा कृषी शाखाका प्रमुखहरू, जिल्ला कृषि सहकारी संघका अध्यक्ष, TGH तथा MDM का परियोजना व्यवस्थापकहरू, सहकारीका उपाध्यक्षलगायत कार्यसमिति सदस्यहरू, FRDEV का कार्यकारी निर्देशक दिवाकर रुपाखेती, कार्यक्रम संयोजक प्रमोद चौधरी, प्रमुख सल्लाहकारहरू, सहकारी व्यवस्थापक तथा कर्मचारी मित्रहरू, शेयर सदस्यहरू लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रम सहकारीका अध्यक्ष सुवर्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहकारीकर्मी सिताराम भट्टराई, कार्यकारी निर्देशक दिवाकर रुपाखेती, वडा अध्यक्ष मोहन प्रसाद लामेछाने तथा प्रमुख अतिथि मेयर अशोक कुमार ब्यान्जुले मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रममार्फत कृषकहरूको उत्पादनशीलता वृद्धि र सुरक्षा सुनिश्चित गर्दै कृषि प्रणालीलाई दिगो बनाउने उद्देश्य रहेको जनाइएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आयोजक संस्थाले हार्दिक धन्यवाद प्रकट गरेको छ।