सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

 सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ, २७ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारको फाइदा उठाउँदै सबै भूमीहिन नागरिकलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको छ।

आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेका सबै जिल्लास्थित आयोगहरूलाई दुई साताभित्र पूर्णता दिन निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, “यो आयोग विगतका जस्तै असफल हुनका लागि होइन, परिणाम दिनका लागि गठन गरिएको हो। भूमीहिन र अव्यवस्थित बसोबासीलाई जमिन उपलब्ध गराउनु हाम्रो लक्ष्य हो।”

प्रधानमन्त्री ओलीले आवश्यक परे कानुन संशोधन र सरकारी सहयोग उपलब्ध गराइने बताउँदै मुलुकको विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको गठबन्धन स्थिर सरकारको रूपमा २०८४ सम्म निरन्तर जाने विश्वास व्यक्त गर्नुभयो।

उहाँले थप्नुभयो, “हामी टालाटुली र अस्थिर राजनीतिक अभ्यासको पक्षमा छैनौँ, स्थिर सरकारको समयमा आयोगलाई कुनै दुुविधा हुँदैन र हुन दिइँदैन।”

त्यससँगै, उहाँले आयोगका पदाधिकारीहरूलाई विभिन्न स्वार्थ समूहको प्रभावबाट जोगिएर बदनाम नहुने गरी निष्पक्ष र प्रभावकारी काम गर्न निर्देशन दिनुभयो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *