मधुसुदन पुडासैनीको अध्यक्षतामा, अष्ट्रेलियामा फेन्काको नयाँ नेतृत्व चयन

अष्ट्रेलिया – फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसनस अफ अष्ट्रेलिया (फेन्का)को आगामी २०२५–२७ कार्यकालका लागि डा. मधुसुदन पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित भएको छ।
नयाँ कार्य समितिको उपाध्यक्षमा कपिल पाण्डे (साउथ अष्ट्रेलिया), महासचिव भोला गिरी (भिक्टोरिया), उप महासचिव प्रकाश पौडेल (न्यु साउथ वेल्स), कोषाध्यक्ष जीवन राणा (अष्ट्रेलियन क्यापिटल टेरोटेरी), सहायक कोषाध्यक्ष केदार रिजाल (वेष्टन अष्ट्रेलिया), प्रवक्ता केशब शर्मा (कुईन्सल्याण्ड) र सहायक प्रवक्ता सुरेन रेग्मी (साउथ अष्ट्रेलिया) चयन भएका छन्।
यसैगरी राज्य संयोजकमा साउथ अष्ट्रेलिया–पुस्कर कोइराला, अष्ट्रेलियन क्यापिटल टेरोटेरी–सुरज पौडेल, न्यु साउथ वेल्स–मुक्तिराम पोखरेल, तास्मानिया–कमल भण्डारी, भिक्टोरिया–कृष्णबहादुर महरा क्षेत्री, वेष्टन अष्ट्रेलिया–डिल्लीराम पराजुली चयन भएका छन्। नर्दन टेरोटेरी र क्वीन्सल्याण्डमा भने उम्मेदवार नपरेकाले पछि मनोनयन हुने भएको छ।
२०१५ मा नेपाली समुदायका संस्थाहरुको भेलाबाट सुरु भएको फेन्काको यात्रा अहिले सबै स्टेट र टेरोटेरीमा विस्तार भएको छ।
अध्यक्ष पुडासैनीले फेन्काको मुख्य उद्देश्य अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउँदै सबल र प्रभावकारी फेन्का बनाउन योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आगामी दुई वर्षमा सबै राज्यका नेपाली सामुदायिक संस्थाहरुलाई राज्य सरकार र सम्बन्धित निकायहरुसँग जोड्ने गरी आफुहरुले यस अभियानलाई अगाडि बढाउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् ।
पुडासैनीले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजसँग नेपाली समुदायलाई अझै नजिक ल्याउने प्रयास गर्ने र संस्थाको कार्ययोजनामा थप छलफल गर्दै अघि बढाउने प्रतिबद्धता जनाए।