सिड्नीमा सुरु भयो भव्य आध्यात्मिक महोत्सव, पहिलो दिनमै ४ लाख डलरभन्दा बढी सहयोग संकलन

 सिड्नीमा सुरु भयो भव्य आध्यात्मिक महोत्सव, पहिलो दिनमै ४ लाख डलरभन्दा बढी सहयोग संकलन

मुक्तिराम पोखरेल, (अष्ट्रेलिया) – अष्ट्रेलियाको सिड्नीमा ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टर (GSNMC) द्वारा आयोजना गरिएको तीनदिने आध्यात्मिक महोत्सव शुक्रबारदेखि सुरु भएको छ।

महोत्सवको पहिलो दिन सम्पन्न कलश यात्रामा पन्चकन्या, पन्चे बाजा र ५० भन्दा बढी सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रह्यो। करिब १,५०० भन्दा बढी नेपाली समुदायका सदस्यहरू सहभागी हुँदा बरउड पार्क उत्सवमय बनेको थियो।

कलश यात्रापछि आयोजित औपचारिक कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूतका तर्फबाट कुल बहादुर मगरले शुभकामना दिनुभयो।

त्यसैगरी, एनएसडब्लु प्रिमियर क्रिस मिन्सका तर्फबाट बहुसांस्कृतिक मामिला सम्बन्धी संसदीय सचिव माननीय मार्क बटीगेग, बहुसांस्कृतिक मामिला मन्त्रिकातर्फबाट प्रतिनिधि जेसन यात–सेन लि, संघीय सांसद स्याली सिटो, बरउड मेयर जोन फाकेरका तर्फबाट काउन्सिलर सुकीर्ति भट्ट, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल लगायतले शुभकामना सन्देश दिनुभयो।

महोत्सवको पूर्वसन्ध्यामा पूज्य बौद्ध धर्म गुरु टुल्कु सोनाम रिम्पुचे र वाचन प्रविण दीन बन्धु पोख्रेलबाट आशीर्वाद वाचन भएको थियो। साथै भरतनाट्यम लगायत अन्य धार्मिक तथा आध्यात्मिक नृत्य प्रस्तुति दिइएको थियो।

नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि पहिलो दिनमै करिब ४ लाख अष्ट्रेलियन डलरभन्दा बढी दान प्रतिबद्धता संकलन भएको आयोजकले जानकारी दिएको छ।

मुख्य दाताहरु :

  • GSNMC अध्यक्ष बिष्णु हमाल/सपना हमाल – $100,000

  • GSNMC उपाध्यक्ष उमेश पन्त/सिर्जना पन्त – $100,000

  • AIA अष्ट्रेलियाका निर्देशक समाजसेवी सुभान्स साह – $100,000

  • महेन्द्र/लता लम्साल – $25,000

  • सुजित/साधना सिग्देल – $10,000

  • बिष्णु/अन्जु घिमिरे – $10,000

  • मिना/शुबर्ण शर्मा – $10,000

  • प्रकाश/सिर्जना बस्ताकोटी – $10,000

  • अमृत/रमा आचार्य – $10,000

  • कल्याणी/बिनोद बर्तौला – $10,000

  • प्रतिज्ञा अधिकारी – $10,000

  • सुमन बर्तौला/सिर्जना सिग्देल – $5,001

यससँगै नगद दान पेटिकाबाट $4,210 संकलन भएको छ भने १५ जनाले आजीवन सदस्यता लिएका छन्।

आइतबारसम्म निरन्तर चल्ने महोत्सवमा सहभागी भई सिड्नीमा नेपाली बहुसांस्कृतिक केन्द्र निर्माण अभियानलाई सफल बनाउन आयोजक GSNMC ले सबैलाई हार्दिक अनुरोध गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *