सिड्नीमा आध्यात्मिक महोत्सव सम्पन्न, २० लाख अष्ट्रेलियन डलरभन्दा बढी दान प्रतिबद्धता

 सिड्नीमा आध्यात्मिक महोत्सव सम्पन्न, २० लाख अष्ट्रेलियन डलरभन्दा बढी दान प्रतिबद्धता

अष्ट्रेलिया – संवाददाता मुक्तिराम पोखरेल । ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टर (GSNMC) द्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको तीनदिने भव्य आध्यात्मिक महोत्सव आइतबार सम्पन्न भएको छ।

नेपाली समुदायलाई एकजुट गर्ने मात्र नभई बहुसांस्कृतिक अष्ट्रेलियन समाजलाई समेत आत्मसात गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सहभागीहरूले “सिड्नीमा मिनी नेपाल निर्माण अभियानको ऐतिहासिक मोड”का रूपमा व्याख्या गरेका छन्।

तीन दिनसम्म निरन्तर चलेको महोत्सवमा करिब ५०० भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिएका छन् भने ६० भन्दा बढी प्रमुख दाताबाट करिब २० लाख अष्ट्रेलियन डलर बराबरको दान प्रतिबद्धता संकलन भएको आयोजक समितिले जनाएको छ।

यसै क्रममा, नगद दान पेटिकाबाट हजारौँ डलर संकलन भएको छ। अन्तिम दिन मात्र २०० भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिएका छन्।

यससँगै GSNMC को आजीवन सदस्य संख्या १,००० नाघेको छ, जुन संस्थागत रूपमा ऐतिहासिक उपलब्धि मानिएको छ।

महोत्सवमा धार्मिक तथा आध्यात्मिक कार्यक्रमसँगै नेपाली संस्कृति झल्किने विविध प्रस्तुति पनि गरिएको थियो।

सन्ध्या आरती, भरतनाट्यम नृत्य, बालबालिकादेखि वृद्धसम्मको सक्रिय सहभागिताले महोत्सवलाई अझ भव्य र सामूहिक उत्सवका रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।

GSNMC ले महोत्सवमा प्रत्यक्ष उपस्थित भएर सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै, विभिन्न कारणले उपस्थित हुन नसकेकाहरूप्रति पनि अभियानमा निरन्तर जोडिन आह्वान गरेको छ।

धार्मिक र आध्यात्मिक कार्यक्रमहरूसँगै महोत्सवमा नेपाली संस्कृतिको झल्को दिने विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।

बालबालिकादेखि वृद्धसम्मको उत्साहपूर्ण सहभागिता र सामूहिक सन्ध्या आरतीले महोत्सवलाई थप भव्य बनाएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *