नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ, १३ हजार रुपैयाँ लिएको आरोपमा मुद्दा दर्ता

 नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ, १३ हजार रुपैयाँ लिएको आरोपमा मुद्दा दर्ता

काठमाडौं ।जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा नापी कार्यालय कलंकीका करारमा कार्यरत कार्यालय सहयोगीविरुद्ध मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, नापी कार्यालय कलंकीको ३ नम्बर नापी टोलीमा कार्यरत कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरलाई सेवाग्राहीसँग १३,००० रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

कुंवरले चन्द्रागिरि नगरपालिका वडा नम्बर १३ मा रहेको जग्गाको हालसाबिक गरी नयाँ पूर्जा बनाउने प्रक्रियामा सेवाग्राहीसँग सहजीकरण गर्ने भन्दै घुस माग गरेको उजुरी प्राप्त भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *