आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव

 आज खग्रास चन्द्रग्रहण लाग्ने, राशिअनुसार यस्ता छन् प्रभाव

काठमाडौँ । आज आइतबार भाद्र शुक्ल पूर्णिमाका दिन (सेप्टेम्बर ७-८) खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श, ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन र १ः४१ बजे मोक्ष हुनेछ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ।

नेपाल, भारतसहित एसियाका धेरै देशबाट यस ग्रहणलाई सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ। ज्योतिषशास्त्रअनुसार ग्रहणले विभिन्न राशिमा फरक प्रभाव पार्नेछ।

मेष राशि भएकालाई लाभ, वृषलाई शुखम्, मिथुनलाई माननाश, कर्कटलाई कष्टम्, सिंहलाई स्त्रीपीडा, कन्यालाई सौख्यम्, तुलालाई चिन्ता, वृश्चिकलाई व्यथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मीन राशि भएका मानिसलाई व्यय हुनेछ ।

यस आधारमा मिथुन, कर्कट, सिंह र तुला, वृश्चिक, मकर, कुम्भ, मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएकाहरूले हेर्न मिल्ने छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *