संविधान दिवसको अवसरमा एमाले उपाध्यक्ष पौडेलको विशेष सन्देश, कमी कमजोरीबारे व्यक्तिगत रुपमा क्षमायाचना

 संविधान दिवसको अवसरमा एमाले उपाध्यक्ष पौडेलको विशेष सन्देश, कमी कमजोरीबारे व्यक्तिगत रुपमा क्षमायाचना

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा (एमाले)का उपाध्यक्ष तथा निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष शुभकामना सन्देश जारी गर्नुभएको छ।

सन्देशमा उहाँले जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ। साथै, संविधान दिवसले ल्याएको अधिकार, स्वतन्त्रता र समानताको रक्षा गर्दै सबैलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई सफल बनाउन सबै राजनीतिक शक्ति, नागरिक समाज र सरोकारवालालाई सकारात्मक भूमिकामा उत्रिन आग्रह गरिएको छ।

पौडेलले गत जनआन्दोलनका क्रममा भएका हत्या, हिंसा, तोडफोड र आगजनीजस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ।

विशेष गरी जेनजेड आन्दोलनको अवस्थासम्म पुग्नमा भएका गल्ती, कमी कमजोरीबारे उहाँले व्यक्तिगत रुपमा क्षमायाचना गर्नुभएको छ।

उहाँले युवाको आकांक्षा, जनताको विश्वास र सुशासनलाई कायम राख्दै भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र सुशासनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

पौडेलले संविधान दिवसलाई ऐतिहासिक दिनको रुपमा स्मरण गर्दै मुलुकलाई स्थिरता, शान्ति र विकासको बाटोमा अघि बढाउन सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *