कृषि विकास बैंकले कृषि कर्जाको व्याजदर प्रिमियम घटायो

 कृषि विकास बैंकले कृषि कर्जाको व्याजदर प्रिमियम घटायो

काठमाडौँ । कृषि पेशा र व्यवसायमा आवद्ध ग्राहकहरुलाई लक्षित गर्दै कृषि विकास बैंक लि.ले कृषि कर्जाको व्याजदर प्रिमियममा ०.५ प्रतिशतले कमी गरेको छ ।

 बैंकले प्रदान गर्ने कृषि कर्जाको ब्याजदरमा अब बैंकको बेसरेटमा १ प्रतिशत मात्र  थप गरि ब्यजदर कायम हुने बैंकले जनाएको छ । यो नयाँ दर आगामी कार्तिक १ गतेदेखि लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार, कृषि कर्जामा लागू हुने यो व्याजदर प्रिमियम बैंकका अन्य साधारण कर्जाहरुभन्दा ०.५ प्रतिशत कम हुनेछ । यस निर्णयबाट कृषिमा संलग्न रहेका ग्राहकहरूका साथै नयाँ व्यवसायिक कृषक र कृषि उद्यमी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कृषि विकास बैंकका अनुसार, यो योजना कृषिमा आवद्ध हुन चाहने नयाँ व्यवसायिक कृषकहरूका लागि थप प्रोत्साहनका रूपमा काम गर्नेछ । 

विगत ५८ वर्षदेखि कृषि कर्जामा निरन्तर लगानी गर्दै आएको कृषि विकास बैंकले देशको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । हालसम्म बैंकले ८० हजारभन्दा बढी कृषक तथा कृषि व्यवसायीहरूलाई कर्जा प्रदान गरिसकेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *