सरकारको निर्वाचनमुखी गतिविधि सुरु, आज सुरक्षा समितिको बैठक

काठमाडौं । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् ।
यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाहरुसँग समन्वय गर्नेछ ।
प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा ‘सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको’ उल्लेख छ ।
‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालको भनाइ उदृत गर्दै प्रेस नोटमा उल्लेख छ, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ ।