ACF र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. बीच सहकार्य गर्ने सम्वन्धमा सम्झौता

 ACF र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. बीच सहकार्य गर्ने सम्वन्धमा सम्झौता
उद्यमशीलता विकास र व्यवसाय स्थापना सम्वन्धी तालिम सञ्चालन गर्ने विषयमा Action Against Hunger (ACF) र नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. बीच सहकार्य गर्ने सम्वन्धमा सम्झौता भएको छ ।
उदयपुर जिल्लामा केन्द्रीत रहेर सञ्चालन गरिने परियोजनाले किसानहरुलाई व्यवसायीक सीप विकास गरी आयआर्जनसंग जोड्दै आर्थिक रुपमा सवल बनाउन व्यवसाय स्थापनाका लागि समेत सहजिकरण गर्ने जनाइएको छ ।
सम्झौतापत्रमा (ACF) का तर्फबाट डा. ओजस्वी आचार्य र नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका तर्फबाट महाप्रवन्धक डा. रुद्र बहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
उक्त अवसरमा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का वरिष्ठ प्रबन्धक दिपाकर रुपाखेती र (ACF) ज्योती ढुंगानाको सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *