कृषि र किसानलाई प्रोत्साहन , कृषि विकास बैंकको नयाँ व्याजदर ६ दशमलव ४९ प्रतिशत

 कृषि र किसानलाई प्रोत्साहन , कृषि विकास बैंकको नयाँ व्याजदर ६ दशमलव ४९ प्रतिशत

काठमाडौँ । कृषि क्षेत्रलाई उत्पादनमुखी, आधुनिक र व्यावसायिक बनाउन कृषि विकास बैंक लिमिटेडले नयाँ प्रोत्साहनमूलक योजना अघि सारेको छ। बैंकले कृषक तथा कृषि उद्यमीको वित्तीय पहुँच सुलभ बनाउने उद्देश्यले कृषि कर्जामा ब्याजदर ६.४९ प्रतिशत मात्र कायम गरेको जनाएको छ।

यस योजनाले कृषकको लगानी क्षमता विस्तार गर्दै देशको कृषि विकासमा महत्वपूर्ण टेवा पुग्ने बैँकले जनाएको छ ।

बैंकका अनुसार नेपालमा परम्परागत खेती प्रणालीबाट व्यवसायिक कृषि तथा एग्रो–इन्टर्प्राइजिङतर्फ क्रमिक रूपमा किसानहरु अगाडि बढिरहेको समयमा बैंकले कृषिलाई प्राथमिक क्षेत्रका रूपमा राख्दै कर्जा प्रवाह गरेको जनाएको छ ।

४.८८ प्रतिशत आधार दरमा १ प्रतिशत मात्र प्रिमियम थप गरी कर्जा उपलब्ध गराइने भएकाले किसानलाई पहिलेको भन्दा धेरै कम ब्याजदरमा सहुलियत प्राप्त हुने छ।

कृषि विकास बैंकको यो योजनाबाट पशुपालन, डेरी उद्योग, तरकारी खेती, माछापालन, बाख्रा,गाई, भैंसी पालन, फलफूल उत्पादन, आलु तथा मसला खेती, आधुनिक ग्रीनहाउस खेती, जैविक कृषि तथा कृषि मेकानाइजेसन जस्ता क्षेत्रमा लगानी गर्न इच्छुक कृषक तथा कृषि उद्यमी लाभान्वित हुनेछन्।

साथै कृषि व्यवसाय सञ्चालन गर्ने युवा उद्यमशील समूह तथा कृषि सहकारी संस्थाहरूले समेत यस कर्जाको सहुलियत लिन सक्ने बैंकले जनाएको छ।

बैंकले कृषि व्यवसायसँग सम्बन्धित आर्थिक परामर्श सेवा, कृषि प्रविधि, उत्पादन व्यवस्थापन तथा बजार अभिमुखिकरणमा समेत हातेमालो गर्दै कृषकलाई सेवाग्राही–मैत्री वातावरणमा कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *