रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

 रसुवागढी नाका अंग्रेजी नयाँवर्षदेखि पूर्णरुपमा खुल्ने

रसुवागढी नाका नेपाल चीनको सीमा नाका रसुवागढीबाट नेपालतर्फ समान लिएर आउँदै मालबाहक सवारीसाधन । भूकम्पपछि अन्य नाका बन्द भएपछि यस नाका मात्र सञ्चालनमा आएको छ । तस्वीर ः वासुदेव पौडेल, रासस

काठमाडौँ । चीन सिमामा पर्ने लेहेन्दे खोलामा आएको बाढीका कारण ठप्प बनेको रसुवागढी भन्सार अंग्रेजी नयाँवर्षदेखि सुचारु हुने भएको छ । चीनतर्फको प्रमुख मानिने यो भन्सार गत असार २४ गतेदेखि ठप्प थियो ।

सो ठाउँमा चिनियाँ पक्षले बेलिब्रिज निर्माण गरेपनि प्राविधक समस्याका कारण सञ्चालनमा आउन सकेको थिएन । यतिबेला भने बीचमा स्पान हालेर मर्मत गरिएले जनवरी १ देखि पुल सञ्चालनमा ल्याउने तयारी गरिएको भन्सार प्रमुख तुल्सीप्रसाद भट्राईले बताएका छन् ।

‘पुल मर्मतको काम लगभग सकिएको छ । चिनियाँ पक्षले हाल पैदल मात्रै आवतजावत गर्न दिएका छन् । जसका लागि नेपाली चालक र सामान व्यवस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत पैदल पुल तरेर पारीबाट मात्रै सवारीमा केरूङतर्फ गएका छन् । उनले थपे, जनवरी १ देखि भने सवारी आवतजावत गराउने सूचना पाएकाले भन्सारमा हुने कामका लागि हामी तयार छौं ।’

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पनि यही पुस १७ गतेदेखि रसुवागढी नाका खोल्न चिनियाँ समकक्षीले जानकारी पठाएको बताए ।
उक्त नाका सुचारु नहुँदा असार २४ गते यता करिब २० अर्ब रुपैयाँ राजस्व नोक्सान भइसकेको भट्टराईले भने ।

ल्हेन्देखोला बाढीले टिमुरेस्थित भोटेकोसी बगरमा निर्माणाधीन सुक्खा बन्दरगाह क्षति हुनुका साथै रसुवागढी स्याफ्रुबेंसी १६ किमी सडक विभिन्न स्थानमा नदिले कटान गरेको थियो । सडक विभागले कटान भएका सडक मर्मतसम्भार गरिसकेको छ । भने बन्दरगाह भने पुननिर्माण गर्ने नगर्ने अझै अन्योल छ ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *