देशभर पश्चिमी वायुको, कर्णालीसहित तीन प्रदेशमा आज पनि वर्षा र हिमपात

 देशभर पश्चिमी वायुको, कर्णालीसहित तीन प्रदेशमा आज पनि वर्षा र हिमपात

काठमाडौँ । हाल तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र एक-दुई स्थानमा हल्का हिमपातरवर्षा भइरहेको छ साथै कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ ।

सोमबार तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू‍-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपातरवर्षाको सम्भावना रहेको छ ।

मंगलबार सबै हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकोले ती भू-भागहरूमा चिसो बढ्ने तथा दैनिक जनजीवन, पर्यटन, पदयात्रा , स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने देखिएको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *