आहा नेपाल यी हुन नेपालका १० प्रमुख पर्यटकीय गन्तव्य १) रारा ताल रारा ताल एक पटक पुग्नै पर्ने स्थान हो । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित राराताल नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारा क्षेत्र मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा पर्दछ । यो ताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा अवस्थित छ […]Read More
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले भोलिसम्ममा पनि शिक्षकहरुलाई तलब निकासा नगर्ने प्रधानाध्यापकहरूलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयबाट तलब निकासा गरिसकेको बताउँदै तलब रोक्ने प्रअहरुलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले तलब निकासा गर्न भोलिसम्मको अल्टिमेटम दिएका छन् । दसैं–तिहारको अवसरमा कतिपय विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरूले शिक्षकहरूको तलब समयमा नदिएको गुनासो […]Read More
पूर्वपदाधिकारीको अतिरिक्त सुविधा कटौती गर्न अर्थले गर्यो दुई मन्त्रालयलाई पत्राचार
सरकारले पूर्व उच्चपदस्थ पदाधिकारीले लिने गरेको अतिरिक्त सुविधा कटौती प्रक्रिया सुरू गरेको छ। अनुत्पादक खर्च कटौती र वित्तीय मितव्ययिता कायम गर्ने आफ्नो निर्णयलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो। अर्थ मन्त्रालयले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई कानुनभन्दा बाहिर दिइएका सुविधा कटौती गर्न शुक्रबार गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार […]Read More
काठमाडौँ । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको जनाएको छ । मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण पेट्रोलियम पदार्थको नियमित ढुवानी हुन नसक्दा यसअघि अधिकांश पेट्रोल पम्पले सेवा दिन नसके पनि बाटो खुलेसँगै नियमित अवस्थामा फर्किएका हुन् । निगमले भनेको छ– ‘मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारण […]Read More
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । दिउँसो ४ बजे मन्त्रिपरिषद् बस्ने र त्यसपछि साँझ ६ बजे कार्कीको सम्बोधन आउने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ । जेनजी प्रदर्शनपछि भदौ २७ गते कार्की मुलुककै पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।Read More
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ। बागमती र गण्डकी प्रदेशको केही तथा कोशी, मधेस र लुम्बिनी प्रदेशको थोरै स्थानहरू तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित […]Read More
ललितपुरमा केन्द्रिय कार्यालय रहेको संस्था ‘छोरी उदय अभियान, ललितपुर’ (छोरी उदय) ले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै बाँकेमा पनि शाखा स्थापना गरेको छ। मंगलबार नेपालगञ्जमा आयोजित विशेष कार्यक्रममा महिनावारी स्वच्छता सम्बन्धी सचेतना र प्याड वितरणसँगै बाँके जिल्ला समिति गठन गरिएको हो। नवगठित छोरी उदय बाँके जिल्ला समिति मा अध्यक्ष स्नेहा शर्मा चयन भएकी छन्। त्यस्तै, एन्जिल […]Read More
काठमाडौं । अफगानिस्तानका एक १३ वर्षीय बालक विमानको ल्यान्डिङ गियरमा लुकेर भारत पुगेका छन् । यो घटना सेप्टेम्बर २१, आइतबार भएको हो। अफगानिस्तानको केएएम एयरलाइन्सको उडान आरक्यू-४४०१ काबुलको हमिद करजाई विमानस्थलबाट बिहान ८:४६ बजे भारतीय समय अनुसार उडेको थियो र बिहान १०:२० बजे दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गरेको थियो। एयरलाइन्सका […]Read More
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम […]Read More
