काठमाडौं : काठमाडौं महानगरपालिकाले भौतिक रुपमा सञ्चालनमा नरहेका एकसय सातवटा विद्यालय खारेज गर्ने तयारी गरेको छ। मंगलबार सूचना प्रकाशित गर्दै महानगरले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार महानगर नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार विगतमा अनुमति पाएर पनि हाल एकसय […]Read More
काठमाडौं : फागुन २१ गते हुने निर्वाचनका लागि आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने छ । दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर बन्द सूची पेस गर्नुपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुने राजनीतिक दलहरूका लागि कार्यतालिका बनाइसकेको छ। सोही कार्यतालिका अनुसार बन्द सूची पेस गर्ने […]Read More
काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उमेदवारको बन्द सूची […]Read More
काठमाडौँ । मधेस प्रदेशसभाको सभामुख पदमा रामआशिष यादव विजयी भएका छन् । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आइतबार (आज) निर्वाचन भएको थियो । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखका लागि उम्मेदवारी दिएका थिए । जम्मा खसेको ९६ मतमध्ये यादवले ७२ […]Read More
काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो समूहका संयोजक मिराज ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका हुन् । ढुङ्गानाले भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सो समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको […]Read More
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैल्याउन सके भ्रष्टाचार हट्न सक्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मनलाई शुद्ध पार्नुपर्ने अहिलेको आवश्यकता भएकाले मन शुद्ध बनाउने कुरा योग र ध्यान भएको बताए । मन शुद्ध नभए लोभ, लालसा, घमण्ड पैदा हुने र […]Read More
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उमेदवार सिफारिस भएका छन् । पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको शनिबार सम्पन्न बैठकले उनको नाम उमेदवारका रूपमा सिफारिस गरेको हो । यसअघि उनी सोही क्षेत्रबाट दुईपटक प्रतिनिधिसभा […]Read More
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो (संशोधन) अध्यादेश २०८२ जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन्।Read More
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ-६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका-४ का स्थानीय नेतासँगको भेटघाट कार्यक्रममा कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए । उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले काँग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताएका छन। ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट […]Read More
