काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सो आग्रह गरेका हुन् । मन्त्री अर्यालले सरकार संवादका लागि तयार रहेको स्पष्ट समेत पारे । ‘राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्यो । संवाद गर्न […]Read More
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले चुनावको तयारी र संसद् पुन:स्थापनाको मुद्दासँगसँगै अगाडि बढाउने बताएका छन् । नवलपरासीको सुनवलमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार नै फागुन २१ मा निर्वाचन गराउने वातावरण बनाउन नलागेको भन्दै उनले संसद् पुन:स्थापनाको ‘एजेन्डा’ पार्टीले नछोडेको बताए । उपमहासचिव प्रदीप ज्ञवालीले ‘जेनजी’ युवा पुस्तासहितका माग सम्बोधन गर्न पनि […]Read More
टोकियो — जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) की नेता साना टाकाइची मंगलबार जापानी संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी छन्। टाकाइचीले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गर्दै आवश्यक २३३ मतको सीमा पार गरेकी हुन्। त्यसपछि उनी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको […]Read More
काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्याएकी छन्। मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन्। उनले भनिन्, “आगामी निर्वाचनको वातावरण बनाउने […]Read More
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । निर्वाचनबारे दलहरूसँग छलफल नगरेको भन्दै सरकारको आलोचना भइरहेका वेला प्रधानमन्त्री कार्कीले दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । आज अपराह्न प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका विषयमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गर्न लागेकी प्रधानमन्त्रीको सचिवालयले जनाएको […]Read More
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् । आफूलाई देखाएर निरन्तर बुवा प्रचण्ड र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारणले आफूले राजीनामा दिएको गंगाले बताएकी छिन् । ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट […]Read More
काठमाडौं । आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दैछ । गृहमन्त्री अध्यक्ष रहने समितिमा गृह र रक्षा सचिवका साथै चारवटा सुरक्षा निकायको प्रतिनिधि सहभागी हुन्छन् । यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा र अपराध नियन्त्रण महाशाखा प्रमुखको नेतृत्वमा अर्को एकीकृत निर्वाचन सुरक्षा समिति गठन भएको छ । नयाँ सरकार गठन हुनासाथ बनेको समितिले सुरक्षा योजना कार्यान्वयनका […]Read More
काठमाडौँ – जेनजी आन्दोलनबाट उदाएका युवा अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी गठन गरेको घोषणा गरेका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले नयाँ राजनीतिक दलको औपचारिक घोषणा गर्दै नयाँ सोच, नयाँ पुस्ता र नयाँ नेतृत्व निर्माणमा केन्द्रित हुने बताएका छन्। ढुंगानाले आफ्नो पार्टीले देशमा सुशासन, पारदर्शिता र प्रत्यक्ष जनप्रतिनिधित्वमा आधारित लोकतान्त्रिक अभ्यासलाई अगाडि बढाउने बताए। […]Read More
काठमाडौँ । हाल गठन भएको चुनावी सरकारले अघिल्लो सरकारले नियुक्त गरेका केही राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले चीन, जर्मनी, इजरायलसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको छ । तर अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव र दक्षिण कोरियाकी राजदूत शिवमाया तुम्बाहाम्फेलाई भने यथावत् राखिएको छ । विश्लेषकहरूले यो कदमलाई नयाँ सरकारले […]Read More
