क्यानडाको स्कूलमा गोली चल्दा १० जनाको मृत्यु

 क्यानडाको स्कूलमा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं । क्यानडाको टम्बलर रिजस्थित एक विद्यालयमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।

ब्रिटिस कोलम्बिया प्रान्तको एउटा माध्यमिक विद्यालयमा सामूहिक गोलीकाण्डमा संदिग्ध आक्रमणकारीसहित कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोयल क्यानेडियन माउन्टेड प्रहरी (आरसीएमपी) का अनुसार गोली चलाउने व्यक्ति महिला हुन् । उनले आफैँलाई पनि गोली हानी हत्या गरेकी छिन् ।

मृत्यु हुनेमा नाबालिक पनि हुन सक्ने प्रहरी अनुमान छ ।

गोली काण्डमा दुईजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ । अन्य २५ जनाको स्थानीय मेडिकल सेन्टरमा सामान्य चोटपटकको उपचार र परीक्षण भइरहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यालयका बाँकी विद्यार्थी र कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ । प्रहरीले पीडितहरूको उमेर र आक्रमणमा प्रयोग भएका हतियारबारे गोपनीयताका कारण अहिले केही खुलाएको छैन ।

यो क्षेत्र भ्यानकुभरबाट ११ सय किलोमिटर उत्तरमा पर्छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *