टिकटक बनाउनुस्, ५० हजार जित्नुस्: निर्वाचन आयोगको नयाँ अफर

 टिकटक बनाउनुस्, ५० हजार जित्नुस्: निर्वाचन आयोगको नयाँ अफर

FILE – The icon for the TikTok video sharing app is seen on a smartphone in Marple Township, Pa., Feb. 28, 2023. (AP Photo/Matt Slocum, File)

काठमाडौं । अब टिकटक बनाएर रमाइलो मात्र होइन, ५० हजार रुपैयाँसम्म पुरस्कार जित्ने अवसर जुरेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘टिकटक भिडियो प्रतियोगिता’ आह्वान गरेको छ ।

मतदाता शिक्षा र निर्वाचनको माहोल बनाउन आयोगले सामाजिक सञ्जालको प्रयोग गर्न लागेको हो ।

प्रतियोगिताका मुख्य सर्तहरू:

विषयवस्तु: निर्वाचनको महत्त्व, मत हाल्ने सही तरिका, आचारसंहिता पालना र मतदाताको अधिकार ।

भिडियो अवधि: अधिकतम १ मिनेट ।

विशेषता: मौलिक अडियो, संवादमूलक र सन्देशमूलक अभिनय हुनुपर्ने ।

प्रक्रिया: भिडियो बनाएर आफ्नो टिकटकमा राख्नुपर्ने र फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्ने ।

पुरस्कार राशि:

आयोगले भ्युअर्स (Views) र गुणस्तरका आधारमा उत्कृष्ट तीन भिडियोलाई पुरस्कृत गर्नेछ:

प्रथम पुरस्कार: ५० हजार रुपैयाँ र प्रमाणपत्र

द्वितीय पुरस्कार: ३० हजार रुपैयाँ र प्रमाणपत्र

तृतीय पुरस्कार: २० हजार रुपैयाँ र प्रमाणपत्र

निर्वाचनलाई भव्य र सभ्य बनाउनका लागि ल्याइएको यस अभियानमा जोसुकैले व्यक्तिगत वा सामूहिक रूपमा सहभागी हुन सक्नेछन् । छनोट भएका भिडियोहरूलाई आयोगले आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट समेत प्रसारण गर्ने जनाएको छ ।


आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *