बीमा उद्योगमा ऐतिहासिक सिटिजन लिडर डिस्कोर्स सम्पन्न

 बीमा उद्योगमा ऐतिहासिक सिटिजन लिडर डिस्कोर्स सम्पन्न

काठमाडौँ । नेपालको बीमा उद्योगमै पहिलो पटकले “सिटिजन लिडर डिस्कोर्स” नामक प्यानल छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्रायन्डमा आयोजना गरिएको थियो।

करीब ४० मिनेटको विशेष सत्रमा बीमा क्षेत्रका विज्ञ तथा कम्पनीका उच्च व्यवस्थापन तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्री पोषकराज पौडेल, प्रमुख वितरण अधिकृत श्री इन्द्र बहादुर राना, प्रमुख बजार अधिकृत श्री राजु श्रेष्ठ तथा वरिष्ठ व्यवसाय प्रबन्धक श्रीमती लक्ष्मी लामिछानेले प्यानलिस्टको रूपमा आफ्ना धारणा राख्नुभएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख श्री सुवेन्द्र पाठकले गर्नुभएको थियो।

छलफलमा सक्सेस, करियर डेभलपमेन्ट , रिक्रुटमेन्ट, पोलिसी पर्सिस्टेन्स जस्ता समसामयिक तथा रणनीतिक विषयहरूमा केन्द्रित बहस गरिएको थियो। वक्ताहरूले बीमालाई केवल व्यापार नभई सामाजिक सुरक्षा र वित्तीय सचेतनासँग जोडिएको जिम्मेवारीपूर्ण पेशाका रूपमा व्याख्या गर्नुभयो।

प्रमुख वितरण अधिकृत रानाले बीमालेखको निरन्तरता (Lapse Policy) लाई उद्योगकै साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै पोस्ट–ट्रेनिङ फलो–अप सिस्टमसेल्फ–लर्निङ कल्चर, क्लाइन्ट सर्भिसिङ क्यालेन्डर र रिन्युअल रिमाइन्डर मेकानिज्म जस्ता व्यवहारिक उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। “बीमालाई सेवामुखी र दीर्घकालीन विश्वासको आधारमा अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

त्यस्तै, श्रीमती लक्ष्मी लामिछानेले बीमा पेशालाई विश्वासमा आधारित सामाजिक उत्तरदायित्वको क्षेत्रका रूपमा चित्रण गर्दै विशेषतः महिलाहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले बीमा व्यवसायले परिवार र समुदायस्तरमा आर्थिक सुरक्षा सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

श्री राजु श्रेष्ठले बदलिँदो सामाजिक–आर्थिक परिवेशअनुसार बीमा अभिकर्ता केवल सेल्स पर्सन नभई फाइनान्सियल एजुकेटर, रिस्क एड्भाइजर र फ्यामिली प्रोटेक्टरको भूमिकामा रूपान्तरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। डिजिटल प्रविधि र व्यावसायिक परामर्शमार्फत अभिकर्ताहरू प्रोफेशनल फाइनान्सियल कन्सल्टेन्ट का रूपमा स्थापित हुनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रम उत्साहजनक सहभागिता, अन्तरक्रियात्मक संवाद र प्रेरणादायी सन्देशका साथ सम्पन्न भएको थियो। सहभागीहरूले यस्तो नेतृत्व विकास र पारदर्शी संवादमूलक कार्यक्रमले बीमा क्षेत्रमा नयाँ सोच र व्यावसायिक संस्कार विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्।

सिटिजन लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि नेतृत्व विकास, पेशागत सशक्तीकरण र गुणस्तरीय सेवामार्फत बीमा क्षेत्रमा नवीन अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *