डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक बने

 डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक बने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. कृष्ण पौडेल नियुक्त भएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेतृत्व विहीन अवस्थामा रहेको बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. पौडेललाई दिएको हो। केही दिनअघि बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले राजीनामा दिएसँगै बोर्ड नेतृत्व विहीन अवस्थामा थियो।

बीमा बोर्डका कामहरु सुचारु राख्न डा पौडेललाई आर्थिक, प्रशासनिक सहितको जिम्मेवारी प्रदान गरिएको छ। उनी स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत छन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *