सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा: तराईमा उत्साह, पहाडमा न्यून सहभागिता

 सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा: तराईमा उत्साह, पहाडमा न्यून सहभागिता

Photo:Rajan Kafle

काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट दुई स्वतन्त्रसहित १८ जना महिलाले उम्मेदवारी दिएका छन्। प्रदेशका १६ निर्वाचन क्षेत्रका लागि कुल २१० जनाको उम्मेदवारी परेकामा महिलाको उपस्थिति जम्मा ८.५७ प्रतिशत मात्र देखिएको छ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार तराईका जिल्लाहरू कैलाली र कञ्चनपुरमा महिला उम्मेदवारको संख्या तुलनात्मक रूपमा बढी छ। सबैभन्दा धेरै कैलालीमा ११ र कञ्चनपुरमा ६ जना महिला चुनावी प्रतिस्पर्धामा छन्। उता सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये डोटीमा मात्रै १ जना महिला उम्मेदवार छिन् भने बाँकी ६ जिल्ला (अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र दार्चुला) मा महिला उम्मेदवारी शून्य रहेको छ।

प्रमुख उम्मेदवार :

कञ्चनपुर क्षेत्र नं. १ मा नेकपाकी बिना मगर, आम जनता पार्टीकी सीता विक र स्वतन्त्रबाट मञ्जुदेवी सुनार तथा रुपादेवी विष्ट चुनावी प्रतिस्पर्धामा छन्। यस्तै, कैलालीका विभिन्न क्षेत्रहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली, नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती राना र नेपाल मजदुर किसान पार्टीका तर्फबाट विभिन्न महिला उम्मेदवारहरू सक्रिय छन्। डोटीबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल चुनावी मैदानमा एक्ली महिला उम्मेदवार हुन्।

कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको यस प्रदेशमा ठूला राजनीतिक दलहरूले प्रत्यक्षतर्फ महिलालाई न्यून प्राथमिकता दिएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। अधिकांश महिला उम्मेदवारहरू साना दल र स्वतन्त्रबाट चुनावी प्रचारप्रसारमा व्यस्त छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *