काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न विशेषगरी युवापुस्तालाई सचेत गराए। “लहैलहैमा सामाजिक सञ्जाल हेरेर होइन, यथार्थको धरातल टेकेर […]Read More
काठमाडौँ । हिमाली जिल्ला मुस्ताङ यतिबेला दुई विपरीत अवस्थाको साक्षी बनेको छ एकातिर माइनस तापक्रम, अर्कोतिर चुनावी सरगर्मी। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चिसो मौसमलाई चुनौती दिँदै राजनीतिक गतिविधि उत्कर्षमा पुगेको छ। अघिल्लो महिना माथिल्लो मुस्ताङमा तापक्रम माइनस २० डिग्रीसम्म झरेको थियो भने हाल पनि माइनस १० डिग्री आसपास छ। तल्लो […]Read More
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न […]Read More
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र यसको नेतृत्वमाथि कडा टिप्पणी गर्दै गम्भीर आरोप लगाएका छन्। प्रवक्ता चालिसेले रास्वपाले जनतालाई भ्रममा पारेर “दिउँसै रात पार्न खोजेको” भन्दै पछिल्लो राजनीतिक प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता चालिसेले रास्वपा सभापति रवि लामिछानेतर्फ संकेत गर्दै भनेका छन्, […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा मतदाताहरूलाई सचेत गराउँदै गलत व्यक्तिको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। बुधबार सिरहाको मिर्चैयामा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले पैसाको बलमा राजनीति गर्नेहरूबाट जोगिन चेतावनी दिए। सभापति लामिछानेले चुनावका बेला मतदातालाई आर्थिक प्रलोभन देखाउने प्रवृत्तिमाथि कडा प्रहार गरे। उनले भने, “पैसामा […]Read More
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखा जिल्ला फेरि एकपटक चर्चाको केन्द्रमा छ। विगतका निर्वाचनहरूमा ‘बुथ कब्जा’ र हिंसात्मक झडपका कारण पटक-पटक बदनाम बनेको यो जिल्लामा यसपटक निर्वाचन आयोग र सुरक्षा निकायले विशेष ‘एक्सन प्लान’ तयार पारेका छन्। २०४६ देखि २०७९ सम्मका अधिकांश निर्वाचनमा यहाँ हिंसात्मक घटना भए । २०७० सालको संविधानसभा […]Read More
काठमाडौं । फरक राजनीतिक दल वा उमेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरे दुई लाख बराबरको जरिबना हुने भएको छ । संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा दुई लाख जरिबाना वा तीन वर्षसम्म कैद वा […]Read More
काठमाडौँ । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय पनि गरेको छ । साथै प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा फागुन २० गतेदेखि २२ गतेसम्म तीन दिन मुलुकभर […]Read More
काठमाडौँ । निर्वाचनको रौनकसँगै झापाको राजनीतिक मैदानमा पूर्वसभामुख देवराज घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच तिखो ‘वाकयुद्ध’ सुरु भएको छ। चुनावी सभामा लामिछानेले दिएको भड्काउ अभिव्यक्तिप्रति घिमिरेले कडा आपत्ति जनाउँदै जवाफी हमला गरेका छन्। मंगलबार झापा क्षेत्र नं. ३ मा रास्वपा उम्मेदवार इन्दिरा रानामगरको पक्षमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले […]Read More
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतपेटिका संकलन भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका संकलन गरी गणना कार्यलाई द्रुत गतिमा अघि बढाउने योजना आयोगले बनाएको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले यसपटक परिणाम आउन समय नलाग्ने बताए […]Read More
