काठमाडौं । रामबहादुर थापा ‘बादल’ नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध चयन भएका छन्। एकल उम्मेदवारी परेपछि उनी बिना प्रतिस्पर्धा दलको नेतृत्वमा पुगेका हुन्। सुरुमा सुहाङ नेम्वाङ ले पनि नेतामा दाबी गरेका थिए। तर अन्तिम समयमा उम्मेदवारी दर्ता नगरेपछि चुनावको आवश्यकता नै परेन। प्रस्तावक र समर्थक नपाएपछि उनले प्रतिस्पर्धाबाट पछि हटेका थिए। नतिजापछि नेम्वाङले प्रतिक्रिया […]Read More
काठमाडौँ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा २२ गते निर्वाचन गर्ने निर्णय प्रस्ताव गरिएको रास्वपाका सांसद प्रकाश चन्द्र परियारले जानकारी दिए। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अरजुन नरसिंह केसीको अध्यक्षतामा बसेको बैठकले भोलि बस्न लागेको पहिलो संसद बैठकमा दलका नेताहरूले धाराणा राख्ने समयसीमा निर्धारण गर्ने […]Read More
काठमाडौँ । सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ। संघीय संसद सचिवालयको आह्वनमा जारी बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले गरिरहेका छन्। १ बजेका लागि बोलाइएको बैठक एमाले र श्रम संस्कृति पार्टीका सांसदहरू आउन ढिलाई गरेपछि आधा घण्टा ढिला गरी सुरु भएको थियो। बैठकमा कानुन मन्त्री सोबिता गाैतम पनि सहभागी छिन्। फागुन २१ गते भएको […]Read More
काठमाडौं । नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन् । बुधबारदेखि संसदको अधिवेशन सुरू हुने भएकोले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले आफ्नो दाबी प्रस्तुत गरेका हुन् । यो बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ । बैठकमा उनले युवाहरूको मागअनुसार […]Read More
काठमाडौँ । सपना प्रधान मल्ल कायम मुकायम (कामु) प्रधानन्यायाधीश भएकी छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि सर्वोच्च अदालतकी बरिष्ठतम न्यायाधीश मल्लले आजदेखि उक्त जिम्मेवारी सम्हालेकी हुन् । नेपालको संविधानको धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । सोही संवैधानिक […]Read More
काठमाडौं । जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा पक्राउ परेका काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविराज रिजाललाई हाजिरी जमानीमा रिहा गरिएको छ। मंगलबार बिहान काठमाडौंको सुविधानगरस्थित निवासबाट पक्राउ परेका रिजाललाई जाँचबुझ आयोगको सिफारिसका आधारमा नियन्त्रणमा लिइएको थियो। उक्त आयोगको नेतृत्व गौरीबहादुर कार्कीले गरेका थिए। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनलाई हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नदेखिएपछि जिल्ला सरकारी […]Read More
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित २५ जना रहेका छन् । जसमा केबल चारजनाको मात्रै सल्लाहकार टीम छ । जसमा मुख्य सल्लाहकार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना प्रविधि मन्त्रालयतर्फबाट सल्लाकारमा विवेक मिश्र […]Read More
काठमाडौं । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शन र विरोधका कार्यक्रम तय गरेको छ। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकले ओलीलाई पक्राउ गरिएको घटननाको भर्त्सना गर्दै विरोध कार्यक्रम अघि बढाउने निर्णय गरेको सचिव महेश बस्नेतले बताएका छन् । बालेन्द्र […]Read More
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् । छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरूका बारेमा जानकारी लिएको कैलाली–४ […]Read More
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई छिटो, सुव्यवस्थित र पारदर्शी बनाउन विशेष संयन्त्रका रूपमा ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा ल्याएको छ। मन्त्रालय नेतृत्वले कानुनी सुधारका विषय र मन्त्रालयसँग सम्बन्धित नीतिगत मुद्दाहरूमा आन्तरिक छलफलपछि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। नयाँ संयन्त्रमार्फत मन्त्रालयभित्रका विभिन्न शाखा तथा महाशाखामा रहेका कामहरूको अवस्थाबारे नियमित निगरानी गरिनेछ। उक्त […]Read More
