काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्न नहुने राय राखेका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले चुनाव दुई चरणमा नगर्न सरकारलाई सुझाएका हुन् । ‘चुनाव दुई चरणमा होइन, एकै चरणमा गरियोस् । चुनाव निष्पक्ष हुने वातावरण बनाइयोस्। […]Read More
काठमाडौँ । नेकपा एमाले प्रचार विभागले निर्वाचन–२०८२ का सन्दर्भमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको छ । एमालेले निर्वाचन प्रचारप्रसारका क्रममा भ्रामक सामग्री र मर्यादाविपरीत अभिव्यक्तिको विरोध गर्दै त्यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दै आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। […]Read More
काठमाडौं । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा नयाँ न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै निर्वाचन आयोगले न्याय परिषद्लाई औपचारिक पत्र पठाएको छ। न्याय परिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा परिषद्मा पत्राचार गरेपछि त्यसको जवाफस्वरूप आयोगले आचारसंहिता उल्लंघन हुने भन्दै नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो। आयोगका अनुसार ४ माघदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले सो अवधिमा […]Read More
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले तत्काल फैसला गर्नुपर्ने बताएका छन्। काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारसँगको संवादमा उनले पेसी पटक–पटक सर्ने प्रवृत्तिले न्यायिक प्रणाली संकटमा परेको टिप्पणी गरे। बस्नेतले संसद् पुनर्स्थापना भए चुनावका नाममा भएको खर्च र गतिविधि खेर जाने भन्दै समयमै फैसला आवश्यक रहेको बताए। सर्वोच्चमा मुद्दा रहेकाले चुनावी […]Read More
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार सात सय ७२ जना महिला छन् । यस्तै, पुरुष एक हजार तीन सय ६३ जना छन् । समानुपातिकतर्फ […]Read More
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा सम्बोधन गरेकी छिन् । सोमबार उनले सभालाई सम्बोधन गरेकी हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले आफूलाई परिस्थितिले यो ठाउँसम्म पुर्याएको बताइन् । पहिलोपटक संसद्लाई सम्बोधन गरेको बताउँदै उनले परिस्थितिले बाध्य भएर यो अवसर पाएको बताइन् । उनले […]Read More
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन्। उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज […]Read More
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् । केही अनलाइन सञ्चारमाध्यमले […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका छन्।आइतबार मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्री, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका हुन्। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । आइतबार (माघ १८) १२ः ४५ बजे उनको निधन भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले घोषणा गरेको हो । बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुगेका थिए । जिल्ला प्रशासन कार्यालय अछाममा […]Read More
