काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का अध्यक्ष खेम बहादुर पाठकले आर्थिक रुपान्तरणका लागि कृषि र किसान लक्षित कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा कञ्चनपुरमा भएको कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पाठकले ग्रामीण क्षेत्रमा आर्थिक उपार्जनको मुख्य स्रोत कृषि तथा पशुपालन रहेको भन्दै […]Read More
मंसिर ४, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले वडा नं. २३ ले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको […]Read More
पोखरा । कृषि विकास बैंकले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका पोखराका ३ वटा सरकारी कार्यालयलाई सेवा प्रवाहमा सहजता ल्याउन भौतिक सहयोग गरेको छ । गत २३ र २४ भदौमा देशव्यापी रुपमा भएको ‘जेन्जी’ प्रदर्शनका क्रममा पोखरामा रहेका सरकारी कार्यालयमा भौतिक क्षति पुगेपछि सेवा प्रवाह सहज बनाउने उद्देश्यले बैंकले सामग्री हस्तान्तरण गरेको हो । बैंकको गण्डकी प्रदेश […]Read More
संसदीय सुनुवाइबिनै संवैधानिक पदाधिकारी नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सिफारिस
काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ को जारी गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष […]Read More
काठमाडौं । लगानी बोर्डको ६७औं बैठकले ४ सय ३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको अनुमानित लागत ९३ अर्ब ४० करोड रुपैयाँ बराबर लगानी स्वीकृत गरेको छ । बुधबार बसेको बैठकले परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको बोर्डले जनाएको छ । बोर्ड बैठक प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष सुशीला […]Read More
काठमाडौँ । टियु मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । काठमाडौँको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, […]Read More
काठमाडौँ, — राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कंडेल नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा कंडेललाई नियुक्ति गर्नुभएको हो। काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–८ निवासी कंडेल लामो समयदेखि प्रशासनिक तथा संसद् सञ्चालनसम्बन्धी क्षेत्रमा सक्रिय रहँदै आएका अनुभवी व्यक्ति मानिन्छन्। उहाँको नियुक्तिसँगै राष्ट्रिय सभाको प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जा र कार्यक्षमता थपिने अपेक्षा गरिएको छ। […]Read More
नेपाल फोटो ग्यालरी काठमाडौं । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् । त्रयोदशीको बेलुकीदेखि दिवंगत पितृका नाममा अखण्ड महादीपदान गरी बस्ने र भोलिपल्ट चतुर्दशीको दिन बिहानै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ । पशुपति क्षेत्रको एक […]Read More
सेवाग्राहीसँग एक लाख रूपैयाँ घुस लिएको अरोपमा नापी कार्यालय पर्साका दुई जना कर्मचारी पक्राउ परेका छन्। वीरगन्ज–३ स्थित नापी कार्यालयका सर्भेक्षक(अमिन) प्रमोद राउत कुर्मी र कार्यालय सहयोगी अरूण प्रसाद उपाध्यायलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । उनका अनुसार काठमाडौंको टंगालस्थित अख्तियारको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले मंगलबार स्टिङ अप्रेसनका क्रममा […]Read More
