अराजक गतिविधि रोक्न परिचालन भएको नेपाली सेनाले काठमाडौं र भक्तपुर क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई पक्राउ गरेको छ। सेनाको जनसम्पर्कत तथा सूचना निर्देशनालयका अनुसार भक्तपुरको राधे राधेस्थित भाटभटेनी सुपरमार्केट, हायात होटल र बौद्ध क्षेत्रमा लुटपाट गर्न खोज्ने २१ जनालाई गएराति समातेको हो। दिनभरिको प्रदर्शनपछि राति उच्छृंखल गतिवधि रोक्न सेना परिचालन गरिएको थियो। सेनाले उच्छृंखल […]Read More
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका छन्। मंगलबार जारी अपिलमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमता अपनाउन आग्रह गरेका छन्। राष्ट्रपतिले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई […]Read More
काठमाडौं । जेनजी आन्दोलनले आन्दोलनमा सहभागीलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन आग्रह गरेको छ। सोमबार जारी अपिल पत्रमार्फत आन्दोलनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अपिलमा भनिएको छ, “हाम्रो आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् र राष्ट्रपतिबाट स्वीकृत भएको छ, जसले नयाँ राजनीतिक निकासको बाटो खोलेको […]Read More
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । ‘कुनैपनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो’, ओलीले मंगलबार जारी गरेको अपिलमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको […]Read More
काठमाडौं । नेपालमा पछिल्ला दिनमा देखिएका प्रदर्शन र त्यसक्रममा भएका हिंसात्मक घटनाप्रति नेपालस्थित नौ मुलुकका दूतावासहरूले गहिरो दुःख र चिन्ता व्यक्त गरेका छन्। अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी र संयुक्त राज्य अमेरिकाका दूतावासहरूले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै हिंसात्मक घटनाले उत्पन्न गरेको गम्भीर अवस्थाप्रति गहिरो संवेदनशीलता जनाएका हुन्। विज्ञप्तिमा भनिएको […]Read More
काठमाडौँ, भदौ २४ गते । सरकारले ‘जेनजी’ पुस्ताको आह्वानमा काठमाडौँको नयाँ बानेश्वरसहित देशका विभिन्न स्थानमा भएको घटनाका विषयमा छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय […]Read More
काठमाडौँ । हालै देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरूको सम्झनामा निजी विद्यालयहरू दुई दिनसम्म बन्द हुने भएका छन् । निजी विद्यालयसँग सम्बन्धित विभिन्न संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी भदौ २४ र २५ गते शोक बिदा दिने निर्णय गरेका हुन् । संगठनहरूले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले […]Read More
काठमाडौं – गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मन्त्री लेखकले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन्। आज दिनभर राजधानीसहित देशभर जेनजी आन्दोलन चर्किएका बेला गृहमन्त्रीको राजीनामा आएको हो। नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १८ जनाको मृत्यु र ठूलो संख्यामा घाइते […]Read More
फाईल फोटो : काठमाडौँ । जेनजी आन्दोलनमा १७ जना भन्दा धेरैको मृत्यु भएपछि त्यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी केहीबेर अघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद् बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान […]Read More
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘अर्ली इलेक्सन’को माग गरेको छ । सोमबार रास्वपाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अर्ली इलेक्सन’को माग गरेको हो । सोमबार जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा १७ जनाको मत्युभएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश (अर्ली इलेक्सन) को माग गरेको हो । देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको […]Read More
