काठमाडौं, २०८२ भदौ २० गते । नेपालमा सुनको मूल्य आज फेरि बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (भदौ २०) बजारमा छापावाल सुनको मूल्य तोलामा रु. २ हजार ५ सयले बढेर रु. २ लाख १० हजार ४ सय कायम भएको छ। यसअघि बिहीबार सुनको मूल्य रु. २ लाख ७ हजार ९ […]Read More
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । उद्घाटन सत्रपछि पार्टीले तीन दिनसम्म चल्ने महाधिवेशनका प्रमुख एजेन्डा सार्वजनिक गरेको छ। पहिलो दिन : प्रतिवेदन र प्रस्ताव उद्घाटन समारोहपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। त्यसपछिका सत्रमा उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव […]Read More
काठमाडौं । बिहीबार नेपाली सेयर बजार ओरालो लाग्दै ६.५५ अंकले घटेर २,७१९ बिन्दुमा बन्द भएको छ। दिनभर अस्थिर बनेको बजार अन्तिम समयमा केही सम्हालिए पनि हरियोमा फर्किन सकेन। दिउँसो २:२० बजे नेप्से २,७०३ बिन्दुसम्म झरेको थियो। त्यसपछि पुनः सुधार हुँदै बजार उकालो लागे पनि सकारात्मक बन्द हुन भने सकेन। बजार घटेपनि कारोबार रकम भने बढेको […]Read More
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको […]Read More
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य उद्योगका लागि प्रदान गरिने अनुमतिपत्र जारी र नवीकरण प्रक्रिया पूर्णरूपमा अनलाइनमा ल्याउँदै ‘नेपाल फुड एन्ड फिड इन्डस्ट्री लाइसेन्सिङ सिस्टम’ सुरु गरेको छ। अब उद्योगीहरूले कार्यालय धाइरहनुपर्ने झन्झटबाट मुक्त भई विभागको वेबसाइट मार्फत घरमै बसी आवेदन गर्न, कागजात अपलोड गर्न, र आवेदनको स्थिति जाँच गर्न सक्नेछन्। अनुमतिपत्र […]Read More
काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको टियान्जिनमा सम्पन्न शाङ्हाइ सहयोग संगठन (SCO) को २५औँ शिखर सम्मेलनमा सहभागी भई मिति २०८२ भाद्र १८ गते बुधबार स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री ओलीले टियानजिनमा आयोजित SCO Summit 2025 मा विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नुभयो। सम्मेलनको क्रममा क्षेत्रीय शान्ति, आपसी सहकार्य, व्यापार, […]Read More
काठमाडौँ । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाबाट पारित भएपश्चात् अब उक्त विधेयक प्रतिनिधि सभामा पेश गरिने भएको छ। सरकारले पेश गरेको संघीय निजामती सेवा विधेयकले संघीय सरकारका कर्मचारीको भर्ना, पदोन्नति, जिम्मेवारी तथा प्रशासनिक संरचना सुधार गर्ने उद्देश्य राखेको छ। विधेयक पारित भएसँगै संघीय सरकारको प्रशासनिक प्रणाली थप प्रभावकारी र […]Read More
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिनमा सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्कनुहुने भएको छ। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभयो भने एससिओ शिखर सम्मेलनलाई […]Read More
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन् । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु […]Read More
काठमाडौं । नेपाल टेलिकमले आफ्नो लोकप्रिय सेवा ‘कलर रिङ ब्याक टोन’ (सीआरबीटी) अनिश्चितकालका लागि बन्द गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले प्रविधिगत समस्या देखिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित रहने जनाएको हो। टेलिकमले सेवामा उत्पन्न समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको र छिट्टै समाधानका लागि प्रयास भइरहेको जनाएको छ। कम्पनीले भनेको […]Read More
