काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को छैटौं महिना पुस मसान्तसम्ममा नेपालमा १२ अर्ब ५ करोड ४५ लाख ३८ हजार रुपैयाँ बराबरको ५ हजार ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को पुस महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो। प्रतिवेदनका अनुसार […]Read More
कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमले निर्धारण गरेका विभिन्न सहयोगका क्षेत्र अन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्र मार्फत शैक्षिक गुणस्तर सुधारका लागि यो सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । बैंकको यो सहयोगले विश्वविद्यालयमा अध्ययरत विद्यार्थीहरुका लागि डिजिटल प्रविधियुक्त […]Read More
काठमाडौं । मोबाइललगायतका डिभाइस चलाउनेहरूले प्रायः फोनको मेमोरी पूर्ण रुपमा भरिने समस्याको सामना गर्दछन् र यो समस्याले डिभाइसलाई सुस्त बनाउँछ। यो समस्याको लागि समाधानहरू भने सोचेभन्दा सरल नै छन्। यसका लागि शुरुमा फोनको मेमोरी वा डिभाइस केयर सेक्सनमा स्पेस जाँच गर्न सकिन्छ। के के कुराले कति स्पेस ओगटेको छ भन्ने थाहा पाउन सकिन्छ। साथै एप्लिकेशन, फोटो, […]Read More
काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई लिएर विश्वभर बहस चलिरहेका बेला गुगलले विद्यार्थीका लागि उपयोगी हुने नयाँ फिचर सार्वजनिक गरेको छ। गुगलको एआई च्याटबट ‘जेमिनी’ ले अब विद्यार्थीहरूलाई स्याट परीक्षाको तयारी गर्न निःशुल्क अभ्यास सेट र व्यक्तिगत कोचिङ प्रदान गर्ने भएको छ। उच्च शिक्षाका लागि अमेरिका लगायतका देश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै ल्याइएको […]Read More
काठमाडौं । सामाजिक सञ्जाल भिडियो प्लेटफर्म टिकटकले संयुक्त राज्य अमेरिकामा नयाँ एकाइ ‘टिकटक युएस’ स्थापना गर्ने सम्झौतालाई अन्तिम रूप दिएको छ। यससँगै, अमेरिकामा टिकटकमाथि लगाउने भनिएको प्रतिबन्धको खतरा टरेको छ। ओरेकल, सिल्भर लेक तथा यूएईको लगानी फर्म एमजिएक्ससँग संयुक्त उद्यम गठन गर्न सम्झौता भएको कम्पनीले जनाएको छ। नयाँ संरचनाअन्तर्गत अमेरिकी प्रयोगकर्ताको डाटा ओरेकलद्वारा सञ्चालित प्रणालीमा […]Read More
काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने […]Read More
संवाददाता: मुक्तिराम पोखरेल काठमाडौँ । ‘डिजिटल भविष्य निर्माणका लागि विद्यार्थी सशक्तिकरण’ भन्ने नाराका साथ डिजि स्कुल अष्ट्रेलियाको आयोजनामा ई–कमर्स, आईटी तथा डिजिटल प्रविधिसम्बन्धी गुणस्तरीय शिक्षाबारे अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। Softed Group of Companies अन्तर्गतको Softwarica College of IT and E-Commerce तथा UniCampus Global को सहकार्यमा अष्ट्रेलियाको सिड्नीस्थित टाउन हलमा आयोजित उक्त कार्यक्रममा नेपालबाट आएका […]Read More
काठमाडौं । चीनले प्रविधिको प्रयोगलाई विस्तार गर्दै सडकमा रोबोट ट्राफिक प्रहरी तैनाथ गर्न थालेको छ। एआईमोगा (AiMOGA) रोबोटिक्सले चीनको वुहु सहरमा आफ्नो पहिलो बुद्धिमान ट्राफिक प्रहरी रोबोट ‘इन्टेलिजेन्ट पुलिस युनिट आर–००१’ सार्वजनिक स्थलमा तैनाथ गरेको हो। झोङ्गजियाङ्ग एभेन्यू र चिझु माउन्टेन रोडको चौबाटोमा राखिएको उक्त रोबोटले मानवीय ह्याण्ड सिग्नलमार्फत ट्राफिक निर्देशन दिन्छ। मानव ट्राफिक प्रहरीसँग […]Read More
काठमाडौं । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ। आयोग परिसरमा निर्वाचनका लागि मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको हो। निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। […]Read More
काठमाडौँ । नेपाल डेरी एसोसिएसनले माघ ६ र ७ गते २७औँ वार्षिक साधारणसभा, स्थापना दिवस तथा नवौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने भएको छ। सोही सन्दर्भमा शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनले दुग्ध क्षेत्रका विद्यमान समस्या, चुनौती र भावी कार्यदिशाबारे जानकारी गराएको हो। २०५५ साल माघ ७ गते स्थापना भएको नेपाल डेरी एसोसिएसन हाल देशभर ७ […]Read More
