काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई वैधता दिएको आरोप प्रसाईंले लगाएका थिए । Read More
काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले देशमा राजनीतिक हिंसा हुन नदिइएको र आगामी दिनमा पनि हुन नदिइने स्पष्ट पारेका छन् । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको समग्र सुरक्षा अवस्था नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनहरूमा देखिएका गतिविधि र सम्भावित चुनौतीहरूलाई मध्यनजर गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था थप सुदृढ बनाएको जानकारी दिए […]Read More
काठमाडौँ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तोकिएका बाजुराका १११ मतदानस्थलमध्ये ६२ मतदानस्थल अति संवेदनशील रहेका छन् । बाजुराका ७७ मतदान केन्द्रका ६२ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समिति प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन। प्रमुख जिल्ला अधिकारीका अनुसार बाँकी १२ वटा संवेदनशील र ४४ मतदान स्थल मध्यम र सामान्य रहेको बताएका […]Read More
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गरेका हुन् । समर्थकको ठूलो भीडसहित आफ्नो उम्मेदवारी दर्ताको लागि पुगेका बालेनले २१ फागुनमा हुने निर्वाचनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिष्पर्धा रोजेका हुन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट […]Read More
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयमा उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराइरहेका छन् । जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार सबै निर्वाचन क्षेत्रमा उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ । उनले प्रशासनलाई जानकारी दिँदै मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा अघि बढिरहेको बताएका छन् […]Read More
काठमाडौँ । जगदीश खरेल मंगलबार औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध हुने भएका छन् । उनको पार्टी प्रवेश तथा स्वागत कार्यक्रम मंगलबार बिहान ११ बजे आयोजना गरिने जनाएको छ । पार्टी प्रवेशसँगै खरेल ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने निश्चित भएको छ । यसअघि चुनाव लड्ने विषयमा निर्णय नभएको […]Read More
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षामन्त्री पुनले राजीनामा दिएको उल्लेख गरेका छन् । खनालले लेखेका छन्, ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो १’ यसअघि सोमबार सञ्चामन्त्री जगदीश गरेल र खेलकुदमन्त्री बब्लु यादवले पनि राजीनामा दिएका थिए । Read More
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् । देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु।’ कांग्रेसको विशेष […]Read More
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय […]Read More
काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजालगायत तडकभडक नगर्न चेतावनी दिएका छन् । सञ्चारकर्मीहरूसँग सोमबार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रूपमा निषेध गरेको र आचारसंहिताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरू नगर्न सचेत गराएका […]Read More
