काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको टियान्जिनमा सम्पन्न शाङ्हाइ सहयोग संगठन (SCO) को २५औँ शिखर सम्मेलनमा सहभागी भई मिति २०८२ भाद्र १८ गते बुधबार स्वदेश फिर्ता हुनुभएको छ। प्रधानमन्त्री ओलीले टियानजिनमा आयोजित SCO Summit 2025 मा विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्नुभयो। सम्मेलनको क्रममा क्षेत्रीय शान्ति, आपसी सहकार्य, व्यापार, […]Read More
काठमाडौँ । संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ। राष्ट्रिय सभाबाट पारित भएपश्चात् अब उक्त विधेयक प्रतिनिधि सभामा पेश गरिने भएको छ। सरकारले पेश गरेको संघीय निजामती सेवा विधेयकले संघीय सरकारका कर्मचारीको भर्ना, पदोन्नति, जिम्मेवारी तथा प्रशासनिक संरचना सुधार गर्ने उद्देश्य राखेको छ। विधेयक पारित भएसँगै संघीय सरकारको प्रशासनिक प्रणाली थप प्रभावकारी र […]Read More
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई […]Read More
काठमाडौं । नेपाल टेलिकमले आफ्नो लोकप्रिय सेवा ‘कलर रिङ ब्याक टोन’ (सीआरबीटी) अनिश्चितकालका लागि बन्द गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले प्रविधिगत समस्या देखिएपछि अर्को सूचना जारी नभएसम्म सेवा स्थगित रहने जनाएको हो। टेलिकमले सेवामा उत्पन्न समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रहेको र छिट्टै समाधानका लागि प्रयास भइरहेको जनाएको छ। कम्पनीले भनेको […]Read More
काठमाडौँ । सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति, दरबन्दी स्वीकृति र नीतिगत विषयसहित २४ वटा निर्णय सार्वजनिक गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नुभयो। बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोक्ने निर्णय गरेको छ। त्यस्तै सत्य निरूपण […]Read More
पूर्वाधार विकासमा वित्तीय चाप, वैकल्पिक वित्त परिचालनले नयाँ बाटो खोल्ने
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासका क्षेत्रमा वित्त व्यवस्थापनको ठूलो चापमा रहेको बताएका छन्। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ट्रेजरीमा मात्र भर गरेर पूर्वाधार निर्माणका आजका आवश्यकता सम्बोधन गर्न कठिन रहेको स्पष्ट पार्नुभयो। उहाँले बजेट […]Read More
काठमाडौँ, भदौ १६ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ। प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्हरूसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उहाँले अघिल्ला पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले […]Read More
अष्ट्रेलिया – संवाददाता मुक्तिराम पोखरेल । ग्रेटर सिड्नी नेप्लीज मल्टिकल्चरल सेन्टर (GSNMC) द्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको तीनदिने भव्य आध्यात्मिक महोत्सव आइतबार सम्पन्न भएको छ। नेपाली समुदायलाई एकजुट गर्ने मात्र नभई बहुसांस्कृतिक अष्ट्रेलियन समाजलाई समेत आत्मसात गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सहभागीहरूले “सिड्नीमा मिनी नेपाल निर्माण अभियानको ऐतिहासिक मोड”का रूपमा व्याख्या गरेका छन्। तीन दिनसम्म […]Read More
काठमाडौंस् नेपाल आइडल सिजन(६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन् । शनिबार भएको फाइनलमा दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगरलाई पछि पार्दै गंगाले उपाधि जितेकी हुन् । उनले २५ लाख पुरस्कार पाउने छिन् । पाँचौ मुनल मानन्धर, चौथो अभिनय खाती, तेस्रो दर्शना गान्दारी, द्रोस्रो बबिता थापामगर भएकी छन् । विजेता गंगाले […]Read More
गुल्मी । गुल्मीमा स्थानीय मकैलाई ब्रान्डिङ गरी बजारमा पठाउने अभियान सुरु भएको छ। मुसिकोट नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था बडागाउँले ‘साना किसानको पोसिलो आटो’ नाममा मकैको आटो बजारमा उपलब्ध गराउन थालेको हो। यो पहल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हाल सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको विशेष सहयोगमा अघि बढाइएको हो। सहकारीका अध्यक्ष हरि […]Read More
