काठमाडौँ,। काठमाडौँको व्यस्त थापाथली पुलमुनि एक युवक मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार मुतक मकवानपुरका ३५ वर्षीय हरि राई हुन् । उनी मङ्गलबार मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । थापाथलीको सुकुम्बासी बस्तीमा आश्रय लिइरहेका उनको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। मृत्युको कारण खुल्न सकेको छैन र प्रहरीले शवलाई परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल […]Read More
काठमाडौँ,। सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रदान गरिने उपचार सुविधाको रकम दोब्बर बनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलका अनुसार, आगामी साउन १ गतेदेखि बीमित नागरिकले रु दुई लाखसम्मको उपचार सुविधा प्राप्त गर्नेछन्। मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत यो महत्वपूर्ण घोषणा गर्दै, विशेषगरी आठ प्रकारका कडा रोगबाट पीडित र आर्थिक रूपमा कमजोर नागरिकलाई राहत पुऱ्याउने उद्देश्यले […]Read More
काठमाडौँ । आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता […]Read More
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा।डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नु भएको हो । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा।डा। विनिल अर्यालको नाम सिफारिस गरेको थियो । तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गरेका हुन् । अर्याल जल […]Read More
सुनचाँदी व्यवसायीको र्याली र कोणसभा: कर नीतिको विरोधमा व्यवसायीको एकता
काठमाडौं, असार २४ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भव्य र्याली र कोणसभा सम्पन्न भएको छ। व्यवसायीहरूले करको बोझ, सरकारी नीतिगत जटिलता र व्यवसायमैत्री वातावरणको माग गर्दै आफ्नो आवाज बुलन्द गरेका हुन्। न्युरोडस्थित जुद्धशालिकबाट सुरु भएको र्याली इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, […]Read More
बर्दघाट नजिकै सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध, हजारौं यात्रु
पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलाभन्दा करिब डेढ सय मिटर अगाडि सडक भासिएपछि पूर्व–पश्चिम राजमार्गको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। सोमबार राति अचानक सडक भासिँदा दुईतर्फी सवारी आवागमन ठप्प भएको ट्राफिक प्रहरीले जनाएको छ। सडक भासिएको खण्डमा करिब १५ मिटर जति भाग जमिनसँगै भासिएको र वरपर थप भासिने खतरा देखिएको […]Read More
नेपालका १० सम्भावित ब्लकमा पेट्रोलियम अन्वेषण रोकियो, दैलेखमा मात्रै सक्रियता
काठमाडौं — सरकारले दैलेख बाहेक देशका अन्य १० स्थानमा चिन्हित पेट्रोलियम पदार्थ रहेका सम्भावित ब्लकहरूमा पछिल्ला केही वर्षयता कुनै अन्वेषण कार्य अघि बढाएको छैन। सम्बन्धित अधिकारीहरूले पुष्टि गरेअनुसार प्रारम्भिक अध्ययन र नक्सांकन भए पनि अन्य ब्लकहरूमा ड्रिलिङ वा नमूना संकलनजस्ता ठोस काम नगरी अन्वेषण रोकिएको छ। नेपाल सरकारले करिब एक दशकअघि मुलुकका विभिन्न भू–भागलाई १० […]Read More
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको तयारी तीव्र, भारतबाट पहिलो चरणमा
काठमाडौं — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा बहुप्रतीक्षित फ्लडलाइट जडान कार्य अघि बढ्दै छ। यसै क्रममा पहिलो चरणअन्तर्गत आवश्यक ३ वटा ठूला टावरहरू भारतबाट काठमाडौं आइपुगेका छन्। क्रिकेट संघ अफ नेपाल (CAN) ले अन्तर्राष्ट्रिय मापदण्डअनुसार रातिको समयमा समेत खेल सञ्चालन गर्नका लागि फ्लडलाइट जडानको प्रक्रिया अगाडि बढाएको हो। पहिलो चरणमा आएका टावरहरू छिट्टै मैदानको […]Read More
रसुवामा बाढीले पुर्याएको क्षति अवलोकन गर्न प्रधानमन्त्री ओलीको टोली स्थलगत
रसुवा — सोमबार राति रसुवामा आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा मन्त्री दीपक खड्का समेत निरीक्षणमा सहभागी हुनुहुन्थ्यो। बाढीले रसुवागढी भन्सार क्षेत्र र वरपरका पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। सरकारी टोलीले उद्धार, राहत र पुनर्निर्माणका कामलाई […]Read More
देशभरबाट सर्वोत्कृष्ट सहकारी संस्था बन्यो ताराताल साना किसान (भिडियो सहित)
काठमाण्डौ । देशभरबाट सर्वोत्कृष्ट सहकारी संस्था बर्दियाको ताराताल साना किसान कृषि सहकारी संस्था लि. बन्न सफल भएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा बर्दियाको मधुवन नगरपालिकामा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था सर्वोत्कृष्ट संस्थाका रुपमा पुरस्कृत गरेको हो । साना किसान विकास लघुवित्त वित्तीय संस्थामाको सञ्जालमा रहेका […]Read More
