आगमी चैत १२ गते हुने नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको लागि हुने सपथ ग्रहण कार्यक्रममा मातृभाषामा शपथ लिन चाहने सदस्यहरुले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने छ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ आगामी चैत १२ गते हुने कार्यक्रम तय भएको छ। यसअघि चैत ११ गते नै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनेछन्। त्यसपछि सोही ज्येष्ठ सदस्यले बाँकी […]Read More
काठमाडौँ । नेपाली कांग्रेस ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोगेको निष्कर्ष निकालेको छ। पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रमा मुख्यत: आन्तरिक कारण नै जिम्मेवार रहेको बताए। उनका अनुसार ३ […]Read More
काठमाडौं । नेपाल वायुसेवा निगमभित्र देखिएको भ्रष्टाचार, व्यवस्थापकीय बेथिति र सेवा सञ्चालनमा रहेका कमजोरीबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ। सचिवस्तरीय निर्णयमार्फत गठित समितिलाई ३० दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। मन्त्रालयका अनुसार निगममा टिकटिङ व्यवस्थादेखि जहाज सञ्चालन, मर्मत–सम्भार, सेवा खरीद, कर्मचारी परिचालन तथा समग्र प्रशासनिक व्यवस्थापनसम्म सुधार […]Read More
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार (चैत ८) बिहान ८:३० देखि बैठक सुरु हुनेछ । शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा बैठकमा प्रस्तुत गरेका थिए । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, चैत ६ गते २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित भएको थियो […]Read More
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ। बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई दिएको राजीनामा केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले अस्वीकृत गर्ने निर्णय गरेको हो । उपसभापति शर्माकै अध्यक्षतामा बसेको बैठकले फागुन २१ गतेको निर्वाचनको समीक्षा र पार्टीको नियमित पन्ध्रौँ महाधिवेशनबारे पनि छलफल गरेको छ। बैठकले सभापति थापाको राजीनामा […]Read More
काठमाडौं – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको संसदीय दलको नेतामा आफ्नो पनि दाबेदारी रहने बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफू उक्त पदका स्वाभाविक दाबेदार भएको बताएका हुन्। उनले आफू पार्टीभित्रका सिनियर नेतामध्ये एक भएको उल्लेख गर्दै लामो संसदीय अभ्यास र अनुभवका आधारमा आफ्नो दाबी प्रस्तुत […]Read More
काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेकी छन्। निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्किएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गरेकी हुन्। सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरि कीर्तनमा समेत सहभागी भएकी थिइन्। जानकी मन्दिरको दर्शन गरेपछि उनले शान्ति महशुस भएको संक्षिप्त […]Read More
काठमाडौं — जिल्ला प्रशासन कार्यालय काठमाडौं ले बिहिवार एक सुचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा घाइते भई वर्गीकरण प्रक्रियामा छुटेका व्यक्तिहरूलाई अन्तिम पटक मौका दिएको छ। कार्यालयले सूचनामा आगामी चैत २० गते सम्म अन्तिम पटकको लागि वर्गीकरण कार्य गरिने जनाएको हो । यसअघि विभिन्न कारणले प्रक्रियामा सहभागी हुन नसकेका घाइतेहरूलाई लक्षित गर्दै यस्तो अवसर प्रदान […]Read More
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा फेरि धुलो टक्टकाएर उठ्ने बताएका छन्। काभ्रेको अनेकोटमा २८औं शहीद सांस्कृतिक दिवसका अवसरमा बिहीबार आयोजित शहीदको प्रतीमा अनाबरण तथा शहीद परिवार सम्मान कार्यक्रममा पुनले नेकपा धुलो टक्टकाएर अघि बढ्ने बताउँदै अहिलेको हारले विचलित नहुने अपील गरे। फागनु २१ गते भएको निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ आठ सिट […]Read More
