काठमाडौँ । सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति, दरबन्दी स्वीकृति र नीतिगत विषयसहित २४ वटा निर्णय सार्वजनिक गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गर्नुभयो। बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शन भट्टलाई तोक्ने निर्णय गरेको छ। त्यस्तै सत्य निरूपण […]Read More
काठमाडौँ, भदौ १६ । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वैदेशिक मामिलाका जानकार डा. राजन भट्टराईले सीमा विवादका विषयमा कुनै पनि हालतमा सम्झौता गर्न नहुने धारणा व्यक्त गर्नुभएको छ। प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्हरूसँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै उहाँले अघिल्ला पुस्ताले ज्यान दिएर जोगाएको भूमि आजका पुस्ताले […]Read More
काठमाडौँ।खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय भवन निर्माणमा गम्भीर अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना तत्कालीन जिल्ला शिक्षा अधिकारी (जिशिअ) सहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेश कुमार पौडेलका अनुसार विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षको मिलेमतोमा भवनको डीपीसी मात्र तयार पारेर रकम हिनामिना गरिएको भेटिएको हो। […]Read More
थियानजिन (चीन), १५ भदौ ।शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग आज द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। चीनको थियानजिनमा सम्पन्न उक्त भेटमा दुई मुलुकबीच आपसी सहयोग, मित्रता र साझेदारीका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। दुवै पक्षले क्षेत्रीय स्थिरता, आर्थिक विकास […]Read More
लुम्बिनी, भदौ १४ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई समुन्नत मार्गमा लैजान बलियो राजनीतिक पार्टी र सक्षम नेतृत्व अपरिहार्य हुने बताएका छन्। शनिबार रुपन्देहीको मर्चवारमा आयोजित एमालेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले एमाले मात्र देशको नेतृत्व गर्ने योग्य पार्टी भएको दाबी गरे। पार्टीप्रति जनता र नेताहरूको आकर्षण […]Read More
१४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिनस्थित अतिथि गृहमा औपचारिक द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुई देशबीचको परम्परागत मित्रवत सम्बन्ध, आपसी विश्वास र सहकार्यका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुवै मुलुकले व्यापार, पूर्वाधार, ऊर्जा, संस्कृति र जनस्तरसम्मको आदान–प्रदानलाई अझ बलियो बनाउन संयन्त्रहरू सक्रिय रूपमा […]Read More
काठमाडौँ, १४ भदौ। प्रधानमन्त्री केपी शर्मा ओली आज चीन प्रस्थान गर्नुभएको छ। उहाँ साङ्घाइ सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीनको जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनतर्फ जानुभएको हो। प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गते (अगष्ट ३० देखि सेप्टेम्बर ३) सम्म चीनको तियानमिन सहरमा हुने शिखर […]Read More
काठमाडौं, भदौ १३, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताउनु भएको छ । ‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ,राष्ट्रिय सभामा सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो- हामी ग्रे लिष्टबाट बाहिर निस्कने मात्र होइन, फेरी कहिल्यै ग्रे […]Read More
काठमाडौं, भदौ १२ – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच आज काठमाडौंमा शिष्टाचार भेटघाट भएको छ। भेटका क्रममा नेपाल–चीनबीच सञ्चालनमा रहेका भन्सार नाकाहरूको व्यवस्थापन, बाढीले क्षति पुर्याएको रसुवा नाकाको पुल तथा सडक पुनर्निर्माण, विगतका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति लगायतका विषयमा छलफल गरिएको मन्त्रालयले जनाएको छ। त्यसैगरी, नेपाल–चीन व्यापार […]Read More
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा आगामी अगस्ट ३० देखि सेप्टेम्बर ३ (भदौ १४ देखि १८) सम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार, भ्रमणको मुख्य उद्देश्य शाङ्घाई सहयोग सङ्गठन (एससीओ) २०२५ शिखर सम्मेलनमा सहभागिता गर्नु तथा चीनको जापानी आक्रमणविरुद्धको जनयुद्ध र विश्व फासीवाद विरोधी युद्ध […]Read More
