विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डि. सि. मा रहनु भएका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सिंगापुरका राष्ट्रपति थार्मान शनमुगारात्नमसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटमा राष्ट्रपति थार्मानले देशको तिव्र आर्थिक विकासका मानव पुँजी, पूर्वाधार, उर्जा, व्यापार र खुल्लापनमा लगानी केन्द्रित गर्न अर्थमन्त्रीलाई सुझाव दिनुभयो। […]Read More
काठमाडौँ, वनस्थली । काठमाडौँको वनस्थलीस्थित वालाजु चोकमा रहेको समृद्धि स्कुलमा ‘स्टीम एक्जिभिसन–२०८२’ भएको छ । विद्यालयको आयोजनामा सुरु भएको उक्त प्रदर्शनीको औपचारिक उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भयो । कार्यक्रमको प्रारम्भमा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै अतिथिहरु तथा अभिभावकको स्वागत गरेका थिए । कार्यक्रमको औपचारिक सत्रमा विद्यालयका प्रिन्सिपल अमित विक्रम सिंजापतिले स्वागत मन्तव्य राख्दै […]Read More
तिहार आजदेखि सुरु, आज धनतेरस र यमदीपदान काठमाडौं । आजदेखि नेपालीहरूको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस (धन त्रयोदशी) पर्व मनाउनुपर्ने भएको हो। यसै दिनदेखि यमदीपदान […]Read More
गुल्मी, असोज २८। “समाज रूपान्तरणका लागि युवाहरूको एकैबद्धता” भन्ने मूल नाराका साथ विसं २०७८ साल असारमा स्थापना भएको द राइजिङ स्टार युवा क्लबले आफ्नो चौथो वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम २०८२ असोज २६, २७ र २८ गते तीन दिनसम्म सञ्चालन गरिएको थियो। पहिलो दुई दिन अर्थात् असोज २६ र २७ गते […]Read More
काठमाडौँ । कृषि पेशा र व्यवसायमा आवद्ध ग्राहकहरुलाई लक्षित गर्दै कृषि विकास बैंक लि.ले कृषि कर्जाको व्याजदर प्रिमियममा ०.५ प्रतिशतले कमी गरेको छ । बैंकले प्रदान गर्ने कृषि कर्जाको ब्याजदरमा अब बैंकको बेसरेटमा १ प्रतिशत मात्र थप गरि ब्यजदर कायम हुने बैंकले जनाएको छ । यो नयाँ दर आगामी कार्तिक १ गतेदेखि लागू हुने बैंकले […]Read More
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार (असोज ३१ गते) थापाथलीस्थित आफ्नो प्रमुख कार्यालयमा आयोजना गरेको कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कार्यक्रमको उद्घाटन सिटिजन लाइफ इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत दिप बहादुर विसीले स्वयं रक्तदान गरेर गर्नुभएको थियो । […]Read More
काठमाडौँ । हाल गठन भएको चुनावी सरकारले अघिल्लो सरकारले नियुक्त गरेका केही राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले चीन, जर्मनी, इजरायलसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाएको छ । तर अष्ट्रेलियाका लागि राजदूत चित्रलेखा यादव र दक्षिण कोरियाकी राजदूत शिवमाया तुम्बाहाम्फेलाई भने यथावत् राखिएको छ । विश्लेषकहरूले यो कदमलाई नयाँ सरकारले […]Read More
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ । आज दिउसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको […]Read More
ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल आज अन्तिम खेलमा सामोआसँग प्रतिस्पर्धा गर्दैछ । एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको यो निर्णायक खेलमा नेपालले जित निकाल्दै उपाधि हात पार्ने लक्ष्य राखेको छ । नेपाल यसअघि नै विश्वकपको यात्रा सुनिश्चित गरिसकेको छ । सुपर सिक्स चरणमा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा यूएई […]Read More
काठमाडौँ । नेपालसहित विश्वभर आज (अक्टोबर १६) ४५औँ विश्व खाद्य दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष यो दिवस मनाइन्छ। यस वर्षको नाराका रूपमा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ तय गरिएको छ। दिवसको अवसरमा कृषि विभागले संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), […]Read More
